भावी प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्ले संवैधानिक परिषदमा ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषदले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आगामी चैत १८ गतेदेखि अवकाशमा जान लागेपछि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सचिवालयमा पठाएको हो ।

न्याय परिषद्ले नाम पठाएपछि प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । त्यसपछि सिफारिस नाम संसदीय सुनुवाइका निम्ति सङ्घीय संसद्मा पठाइनेछ ।

संसदमा नाम गएपछि सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गर्छ र सुनुवाइ प्रक्रिया सुरु हुन्छ । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *