काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फूटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका छन् । मंगलबार दिउँसो भएको पहिलो खेलमा मनाङले चित्लाङ एफसीलाई २-० गोलले पराजित गरेको हो ।
मनाङको जितमा शेरब तामाङ र सुमित मल्लले गोल गरे।
यस्तै आजै भएको खेलमा मछिन्द्रले नव जन जागृति क्लबलाई ४-० गोलले पराजित गरेको हो । मछिन्द्रलाई जित दिलाउन जोनाथनले ह्याट्रिक पूरा गर्दा रेजिन सुब्बाको १ गोल गरे ।
