बाबुराम भट्टराई भारत जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन बुधबार भारत जाने भएका छन् ।

नयाँदिल्लीस्थित भारत मण्डपमा आगामी मार्च १२, १३ र १४, मा आयोजना हुने सम्मेलनमा डा. भट्टराई ‘गेष्ट अफ अनर’ का रूपमा सहभागी हुन लागेका उनको सचिवालयले जनाएको छ । विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ट शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने समिटमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहनेछ। विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।

सम्मेलनअन्तर्गत शनिबार बिहान ‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकको सत्रमा डा. भट्टराईले प्रस्तुती दिने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *