‘एमसीसी अमेरिका-नेपाल सहकार्यको आधारशिला हो’

काठमाडौँ । एमसिए–नेपालले नेपालस्थित अमेरिकी राजदूतावासका नियोग उप–प्रमुख स्कट अर्बमलाई आज मङ्गलबार आफ्नो कार्यालयमा स्वागत गरेको छ।

नियोग उप–प्रमुख अर्बमले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको प्रगतिबारे समीक्षा गर्दै कम्प्याक्ट सम्पन्न भएपछि नेपाललाई हुने लाभबारे चर्चा गरेका छन् ।

उनले भने, ‘यस साझेदारीमार्फत हामी केवल विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई तीव्र पनि पारिरहेका छौँ। एमसीसी कम्प्याक्ट संयुक्त राज्य अमेरिका र नेपालबीचको सहकार्यको आधारशिला हो। यसबाट नेपालीलाई लाभान्वित गर्न सँगैसँगै अगाडि बढ्न पाउँदा हामी गर्व गर्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *