अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ । निर्वाचनपछि नयाँ सरकार गठन हुनुपूर्व नै अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत खनालले कूटनीतिक राहदानी फिर्ता गरेको जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *