सभापति थापालाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामाको कुरा नगर्न आग्रह गरेका छन् ।

सोमबार साँझ पार्टी उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा सभापति थापाले राजीनामा दिने बताएपछि भण्डारीले राजीनामा नदिन आग्रह गरेका हुन् ।

उनले सभापतिले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने बताएका हुन् ।

भण्डारीले भनेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ! अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापाज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो । अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व हो । आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो । यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन । नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसिकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ । समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो । नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ—यदि इच्छाशक्ति र साहस छ भने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *