काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसँग टेलिफोन संवाद गरेका छन् ।
सोमबार राति उनीहरुबीच टेलिफोनमा कुराकानी भएको हो । संवादका क्रममा दुवै नेतालाई हालै सम्पन्न निर्वाचनमा प्राप्त विजय तथा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाइ दिएको मोदीले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
साथै, आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै दुवै देशको साझा समृद्धि, प्रगति र जनकल्याणका लागि सहकार्य गर्न आफू प्रतिबद्ध रहेको मोदीले बताएका छन् । उनले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा दुई देशबीचको सम्बन्ध अझ उच्चस्तरमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
