चुनावी हारका कारण सभापतिबाट राजीनामा दिने गगन थापाको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने बताएका छन् । सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा सभापति थापाले राजीनामा दिने बताएका हुन् । उनले चुनावमा भागेको पराजयको जिम्मा लिँदै पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका हुन् । तर उपसभापति शर्माले राजीनामा नदिन सुझाव दिएका छन् ।

शर्माले चुनावमा पराजय भोग्नुमा सभापतिको मात्रै दोष नभएको र अहिले राजीनामा दिँदा पार्टी झन् अप्ठ्यारोमा पर्ने बताएका छन् । उपसभापति शर्माले पराजयको समग्र समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्ने सभापति थापालाई आग्रह गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *