काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले चुनावी खर्च विवरण आयोगमा चुनावी खर्च बुझाएका छन्। उनले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ । साहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन्। त्यहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
त्यस्तै सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन् । बालेनले सवारी साधनमा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् भने हवाई खर्च ३५ हजार छ ।
त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९००, नमुना मतपत्र छपाईमा ४८९ हजार ८५०, क्षेत्रीय निर्वाचन कार्यालय संचालनमा एक लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२०, प्रचार प्रसार सामाग्री एक लाख ५७ हजार ४१, ब्यानर र स्टिकरमा एक लाख १९ हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको उल्लेख गरेका छन् ।

