काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेका बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत भट्टराईले यो आजको वस्तुगत यथार्थ भएको र आफूभित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘म सबै नेता कमरेडहरू र सिगो पार्टी पक्तिलाई हिजोका गुट ( समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । सथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु । कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फÞत हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौँ । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ़न र आत्मभत्र्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपील गर्दछु ।’
यस्तो छ भट्टराईको भनाई
कमरेडहरू, हामी ढलेका मात्र हौँ मरेका होइनौ !
विगत तीन दिन यता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निरासा, सम्भावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्यो, पहल लिनु पर्यो भनेर प्रेरणादायी अनि दवाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई मेरा प्रारम्भिक विचार
१. निर्वाचनमा आफÞनो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनु पर्दछ ।
२. मुलतः भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन् त्यसमा करेक्शन गरौँ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंक्तिलाई बैठक, भेटघाट र महाधिवेशनमार्फत पटक पटक अनुरोध गर्यौँ तर सफल भएनौँ । अब पुनः छलफल र बहस खुला गर्नु पर्दछ ।
३. हरेक सार्वजनिक संस्था÷ संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुनेगर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहंन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।
४. पार्टीले सामना गर्नुपरेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो । सामुहिक बुद्धि÷विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थः म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट ( समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । सथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।
५. कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फÞत हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौँ । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ़न र आत्मभत्र्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपील गर्दछु ।
६. राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरु पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।
७. अन्तमाः राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम– लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपील गर्दछु ।
