काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८४ लाख २८ हजार ९७५ मत गणना भएको छ ।
निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ७३ हजार ९३४ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १३ लाख ६७ हजार ०६६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ५६ हजार ०४६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९६ हजार ०११ , श्रम संस्कृति पार्टीले दुई लाख ९४ हजार १९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७८ हजार १२८ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
