अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्यो

रोयटर्स । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । युद्ध तीव्र बनेसँगै अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ।

अमेरिकी कच्चा तेलको मूल्य सोमबार २० प्रतिशतभन्दा बढीले बढ्दै जुलाई २०२२ यताकै उच्च स्तरमा पुगेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य १७ प्रतिशतले बढेर प्रति ब्यारेल १०८.७३ डलर पुगेको छ ।

होर्मुज जलडमरूमध्यबाट हुने तेल आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ताका कारण विश्व बजारमा मूल्य तीव्र रूपमा बढेको विश्लेषकहरूले बताएका छन् । युद्ध चर्किएसँगै अमेरिकाले साउदी अरबस्थित आफ्ना दूतावासका गैर–आपतकालीन कर्मचारीलाई देश छाड्न आदेश दिएको छ।

सुरक्षा जोखिम बढेपछि कतार, कुवेत, जोर्डन र बहराइनस्थित अमेरिकी दूतावासमा पनि कर्मचारी घटाइएको छ । यसैबीच इजरायलले इरानका उच्च सैन्य अधिकारीहरूलाई लक्षित आक्रमण जारी राखेको जनाएको छ। इरानले भने आक्रमणलाई ‘द्वन्द्वको खतरनाक नयाँ चरण’ भन्दै कडा प्रतिक्रिया दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानविरुद्धको सैन्य अभियान जारी रहने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *