काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७६ लाख ६८ हजार १९१ मत गणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको ६:४० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी अर्थात् ३७ लाख १० हजार ७३० मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १२ लाख ५१ हजार ३४८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ५९ हजार ८५५, नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४४ हजार ३६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६१ हजार १७० मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले दुई लाख ४९ हजार ९३२, जनता सामाजवादी पार्टी नेपालले १ लाख १३ हजार ४००, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ४ हजार ३१५ र जनमत पार्टीले ४८ हजार ४९६ मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ ।

