काठमाडौँ । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
मार्च १० देखि १३ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडी सहभागी हुने छन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा राष्ट्रिय पारा एथलेटिक्स सङ्घ नेपालका सचिव साङबु भोटे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय पारा एथलेटिक्स सङ्घ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आजै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
