काठमाडौँ । अछाम क्षेत्र नम्बर-२ मा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । बोगटी ९ हजार ५ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
बोगटीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन साहसँग निकट भूपदेव शाह तेस्रो भएका छन् । उनले ४ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४ सय ९३, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाहीले १ सय ६७ र प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपानेले १ सय १३ मत प्राप्त गरेका छन् ।
