‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतलाई दर्शकको साथ

काठमाडौँ । आगामी चैत्रको २७ गतेबाट रिलिज हुने फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ लाई दर्शकहरूले रूचाएका छन् ।

दुई साताअघि सार्वजनिक गीत टिकटकदेखि सामाजिक सञ्जालमा छाएको छ । निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यस गीतले आफ्नो रफ्तारलाई कायमै राखेको छ। जसकारण सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ। यस गीतमा लाख भन्दा बढी टिकटक बनिसकेका छन् ।

गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ। रोमान्टिक शैलीको यो गीतमा भिडिओमा मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्ट छन् । माइकल चन्दको निर्देशनमा तयार भएको यो गीतको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *