फूटबल खेलाडी संघद्वारा एन्फामा तालाबन्दी

काठमाडौं । अखिल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तालाबन्दी गरेका छन् ।

आफुहरुले माग गरेको मागका विषयमा एन्फा गम्भीर नभएको भन्दै संघले आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गर्दै धर्ना दिएका हुन् ।

उनीहरूले शहीद स्मारक डिभिजन लिगको मिति तोक्ने प्रतिबद्धता गरे पनि मिति नतोकिएको भन्दै आपत्ति जनाएका छन् ।

त्यस्तै खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गराउने निर्णय वर्तमान कार्यसमितिको बैठकबाट पारित भए पनि सन २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता प्राप्त नभएको र खेलाडी अक्षय कोषको पारदर्शीता नभएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *