काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ४५ लाख ३० हजार मत गणना गर्दा २२ लाख ३९ हजार ८७० मत पाएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रहेको छ ।
उसले कांग्रेसले सात लाख ६० हजार ४८५ मत पाएको छ । नेकपा एमालेले ६ लाख ४६ हजार ७७० मत पाएको छ । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तीन लाख चार हजार ६२ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ६३ हजार ५ मत पाएको छ ।
