सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ बाट नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बंशलाल तामाङलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
दुलाल २१ हजार ६९९ मत प्राप्त गरी निर्वाचित भए । कांग्रेसका तामाङले १९ हजार १४६, नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ मत पाए ।
