कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

कैलाली । कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ ल्याए । साथै नेकपा एमालेका सूर्यबहादुर थापाले सात हजार ८८६, नेपाली कांग्रेसका विजयबहादुर स्वारले सात हजार २१३ र नेपाल कम्युनिष्ट पार्टीका नन्दबहादुर साउँदले चार हजार ३६९ मत प्राप्त गरे ।

उक्त क्षेत्रमा कुल एक लाख सात हजार ७५७ मतदाता रहेकामा ५६ हजार ७७० जनाले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *