सुनसरी । सुनसरी क्षेत्र नम्बर-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । उनी ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित उनी उनी विजयी भएका हुन् । गोमाले २७ हजार २४९ मत प्राप्त गरिन् ।
नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बुले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५, नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९७० मत पाएका छन् ।
