समानुपातिकतर्फ रास्वपाले कटायो १० लाख मत

काठमाडौं । प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २१ लाख ३९ हजार ५४३ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म ११ लाख एक हजार ६२५ , नेपाली कांग्रेसले तीन लाख ६२ हजार ४२०, नेकपा (एमाले)ले दुई लाख ९१ हजार १८१ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख २७ हजार १९१ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ७८ हजार ३२४ र श्रम संस्कृति पार्टीले ४५ हजार ९४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *