बेलबारी (मोरङ) । मोरङको निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन मोरङ क्षेत्र नं ३ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कार्की ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरे ।
श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एक लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।
