तनहुँ–२ मा रास्वपाका न्यौपाने विजयी

दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् ।

३२ हजार छ सय ८७ मत प्राप्त गरी न्यौपाने निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय ३४ प्राप्त गरेका छन् । यस्तै, नेकपा (एमाले)का केदार सिग्देलले ११ हजार छ सय ६८ र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले एक हजार नौ सय ५३ मत प्राप्त गरे ।

यस क्षेत्रमा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ हजार १८६ मत खसेका थिए । यहाँ क्षेत्र नं १ बाट रास्वपाका उपसभापति डा स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *