बालेनलाई शुभकामना दिँदै ओलीले भने-‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाइ !’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपाका वरिष्ठ नेता बालेन साहलाई ‘बाबु’ सम्बोधन गरेर बधाई दिएका छन् ।

पराजित भएपछि सामाजिक संजालमार्फत ओलीले बालेनलाई शुभकामना दिएका हुन् । उनले भने, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना !’

झापा क्षेत्र नम्बर ५ बाट बालेनले ओलीलाई भारी मतले पराजित गरेका थिए । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मतमा सीमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *