डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा जोशी सात हजार १० मत अन्तरले विजयी भएका छन् । उनले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।
यहाँ नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले छ हजार ८३४ र नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका छन् ।
