काठमाडौँ । भारतले नेपालमा सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनप्रति बधाइ व्यक्त गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता र सरकारलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाली नागरिकहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको जनाएका छन् ।
उनले भारतले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेका छन् । उनले भारतले नेपालका जनता र नवगठित सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
