ललितपुरका तीनै क्षेत्रमा रास्वपाको अग्रता

ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।

ललितपुर क्षेत्र नं १ को जारी मतगणनाअनुसार रास्वपाका बुद्धरत्न महर्जन २० हजार २०८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय शमशेर राणाले १२ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा(एमाले)का उम्मेदवार चेतननाथ सञ्जेलले छ हजार १४८ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले दुई हजार ६४२ तथा नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले एक हजार ८७६ मत प्राप्त गरेका छन् ।

ललितपुर क्षेत्र नं २ मा रास्वपाका जगदीश खरेल ११ हजार ५४७ मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले एक हजार ५१९ मत प्राप्त गरेका छन् । एमालेका प्रेमबहादुर महर्जनले एक हजार १३६ मत ल्याएका छन् ।

त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा तोसिमा कार्की ३१ हजार ५९० मतसहित अग्रस्थानमा रहेकी छिन् । नेपाली कांग्रेसका जीतेन्द्र श्रेष्ठले छ हजार ३६९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। नेपाली कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले तीन हजार ४५९ मत प्राप्त गरेका छन् भने एमालेका सन्दन थापा मगरले दुई हजार १७४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *