भक्तपुर-१ मा नेमकिपालाई पराजित गर्दै रास्वपाका रुकेश रन्जित निर्वाचित

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै रन्जित विजयी भएका हुन् ।

रास्वपाका रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा प्रेम सुवालले २८ हजार १४७ मत पाएका छन् । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *