रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा (रुपन्देही) । रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *