रसुवामा कांग्रेसका आचार्य विजयी

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनी १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले जानकारी दिए ।

आचार्यका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्ट पाँच हजार ५७१ मत प्राप्त गर्दै दोस्रो भए भने नेकपा (एमाले)का प्रेम तामाङले चासर हजार ६८८ मत प्राप्त गरी तेस्रो भए ।

उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले एक हजार ४५३, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद लामिछानेले ९५३, नेशनल मंगोल अर्गनाइजेसनका विनोद थिङले ४७४, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरेले ६०, नेकपा (माओवादी विप्लव) का होमप्रसाद आचार्यले ५० मत तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका दावा साङ्मो तामाङले १० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटाले १२, सागर लामाले ११ र मिङ्मर तामाङले तीन मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आचार्यले रसुवाको समग्र विकासलाई प्राथमिकता दिने बताए ।
आचार्य यसअघि पनि रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनले २०७४ सालको निर्वाचनमा १४ हजार ४५३ र २०७९ सालमा १८ हजार २३५ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *