काठमाडौँ-३ मा रास्वपाका राजु पाण्डे निर्वाचित

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दा कुलमानले ११ हजार १७१ मत ल्याए ।

त्यस्तै, कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार र एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *