गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । जारी मतगणनाको परिणाम अनुसार कास्कीको निर्वाचन क्षेत्र नं १ मा रास्वपाका खड्कराज पौडेलले १० हजार ३५८ मतसहित अग्रस्थानमा छन् ।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वैनबहादुर क्षेत्री (अधिकारी) पाँच हजार १२० मतसहित दोस्रो र नेपाली कांग्रेसका तिलकबहादुर रानाभाट चार हजार ८७२ मतसहित तेस्रो स्थानमा छन् ।
कास्की क्षेत्र नं २ मा रास्वपाका उत्तमप्रसाद पौडेलले २१ हजार ३०८ मतसहित अग्रस्थानमा छन् । एमालेका रश्मी आचार्य पाँच हजार ७४० मतसहित दोस्रो र नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तीन हजार ३४४ मतसहित तेस्रो स्थानमा छन् ।
कास्की क्षेत्र नं ३ मा रास्वपाका बिना गुरुङ २१ हजार १०१ मतसहित अग्रता लिएकी छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ र एमालेका दामोदर बैरागीले चार हजार ७८७ मत प्राप्त गरेका प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
