काठमाडौँ । रुकुमपूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रचण्ड १० हजार २४० मत प्राप्त गरी निर्वाचित भएका हुन् । एमालेका लिलामणि गौतम ३ हजार ४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुकुमपूर्वमा १९ हजार १ सय ८८ मत खसेको थियो।
