काठमाडौँ-६ बाट रास्वपाका शिशिर खनाल निर्वाचित

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । उनी २७ हजार ७ सय १९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् । एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गरे । खनाल यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *