९४ स्थानमा रास्वपा अगाडि हुँदा कांग्रेस-एमाले दश-दश स्थानमा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

अपरान्ह साढे ४ बजेसम्म ९४ स्थानमा रास्वपा, १० स्थानमा नेपाली काग्रेस, एमाले १०, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ८, राप्रपा १, श्रम संस्कृति पार्टी २, प्रगतिशील लोकतान्त्रिक पार्टी १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा अगाडि छन् ।

अहिलेसम्म काठमाडौँ १ मा रास्वपाकी रञ्जु दर्शना र मुस्ताङा कांग्रेसका योगेश गोचन थकाली निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *