लुम्बिनी । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले अहिले अपराह्न ३ः२५ बजेसम्मको सार्वजनिक मतगणना परिणामअनुसार पछिल्लो २७ हजार ६२३ मतगणना हुँदा सदर भएको २६ हजार ७९९ मतमध्ये रास्वपाका सुलभ खरेलले १८ हजार ५३९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।
यसैगरी, नेकपा एमालेका विष्णुप्रसाद पौडेलले तीन हजार ९९६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले दुई हजार ४५० मत प्राप्त गरी तेस्रो स्थानमा छन् । निर्वाचन क्षेत्रमा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो ।
