काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ः३० बजेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले दुई हजार ७४४ र नेकपा (एमाले) का डा राजन भट्टराईले दुई हजार ३२७ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार रहेका छन् ।
