देउखुरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।
निर्वाचन क्षेत्र नं १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त गरेका छन । यहाँ नेपाली कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार २२९, नेकपा (एमाले) का रेवतीरमण शर्माले ७८९ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ८४६ मत प्राप्त गरेका छन् ।
यसैगरी, क्षेत्र नं २ मा तीन हजार ९१५ मतगणना हुँदा रास्वपाका विपिनकुमार आचार्यले दुई हजार ४२९ मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७, नेकपा (एमाले) का शङ्कर पोखरेलले ५३८ र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन् ।
यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ मा तीन हजार ८४ मतगणना हुँदा रास्वपाका कमल सुवेदीले एक हजार ५४० मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका दीपक गिरीले ८८१, एमालेका घनश्याम पाण्डेयले ३८५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ११९ मत प्राप्त गरेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
