कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

महेन्द्रनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगाण्नाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी एक हजार ८३० मतसहित अग्रस्थानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले एक हजार ५१९ मत प्राप्त गरेका छन् । यहाँ कुल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायमै छ । उनले चार हजार २६८ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउदले एक हजार ५२५ मत ल्याएका छन् । कञ्चनपुर–२ मा ६४ हजार ८८१ मत खसेको थियो ।

यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रसिंह महता एक हजार २०४ मतसहित अग्रस्थानमा छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ४४८ मत ल्याएका छन् । सो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *