काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको स्पष्ट भएको बताएका छन् ।
शुक्रबार सामाजिक सजालमार्फत भट्टराईले यो देशमा सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति भएकाल यसलाई सबैले स्वीकार्नै पर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ। यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ । देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना !’
