काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन साहले ठूलो मतान्तले अग्रता लिएका छन् ।
बालेनले १० हजार १९० मत प्राप्त गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार रञ्जित तामाङले जम्मा ९० मत प्राप्त गरेका छन् ।
