दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँः अमेरिका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ दिएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी नेपाली जनतालाई बधाइ दिएको हो ।

साथै अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न आफूहरु उत्सुक रहेको बताएको छ ।

दूतावासले भनेको छ, ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ । आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *