काठमाडौँ । भारत सरकारले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । उनले नेपालमा नागरिकहरूको उत्साही सहभागितामा सम्पन्न निर्वाचनको सफलतापूर्वक आयोजना भएकोमा बधाई दिएका छन् ।
जैसवालले भनेका छन्, ‘भारतले नेपालमा शान्ति, प्रगति र स्थिरतालाई सधैं समर्थन गर्दै आएको छ र आवश्यक सहयोग पनि प्रदान गरिसकेको छ। हामी नयाँ सरकारसँग मिलेर दुई देशबीचको बलियो सम्बन्धलाई अझ सुदृढ बनाउन तत्पर छौं।’

