निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि रिहा

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए ।

यसैगरी, निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका १६० जनामध्ये आज रातिसम्ममा ८६ जनालाई छाडिएको र बाँकी ७४ जनालाई हिरासतमा राखिएको उनले बताए ।

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उम्मेदवारलाई बधाई दिएको भनेर भिडियो बनाउने एक जनालाई पनि पक्राउ गरिएको छ । निर्वाचन सुरक्षा व्यवस्था देशभर नै चुस्त रहेको र उच्च मनोबलका साथ प्रहरी टोली निर्वाचनस्थलमा तैनाथ रहेका प्रवक्ता काफ्लेले बताए ।

‘कतैकतै होक्स बम देखिए पनि गम्भीर सुरक्षा चुनौती कतै पनि देखिएको छैन । निर्वाचन सुरक्षामा आवश्यकताका आधारमा कुकुर, ड्रोनसहितको टोली परिचालन गरिएका छन् । आधुनिक प्रविधिमार्फत निर्वाचनको सूक्ष्म निगरानीसमेत भइरहेको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *