दक्षिण अफ्रिकाद्वारा न्युजिल्याण्डलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

एजेन्सी । आईसीसी टी-२० विश्वकपको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । इडेन गार्डेन्समा जारी पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १ सय ७० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको हो । दक्षिण अफ्रिकाको लागि मारको जेन्सनले अर्धसतक बनाए । उनले ३० बलमा ५ छक्का र २ चौका प्रहर गर्दै ५५ रन बनाए । यस्तै डेवाल्ड ब्रेभिसले ३४, त्रिस्टान स्टुब्सले २९, कप्तान एडिन मार्क्रमले १८ र क्विन्टन डी ककले १० रन बनाए ।

न्युजिल्याण्डको लागि म्याट हेन्री, कोल म्याकोन्ची र रचिन रविन्द्रले समान दुई/दुई विकेट लिँदा लकी फर्गुसन र जेम्स निशमले एक/एक विकेट लिए ।

अब न्युजिल्याण्डले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *