काठमाडौं । अभिनेता राजेश हमालले सुझबुझ र विवेक प्रयोग गरी मतदान गर्न आममतदातालाई आग्रह गरेका छन् ।
बुधबार साँझ भिडियो सन्देश जारी गरी हमालले कसैको दबाबमा नपरी सुझबुझ र विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका हुन् । उनले अहिलेको अवस्थामा राजनीतिक ऐक्यबद्धता र स्थिरता अत्यन्त आवश्यक रहेको बताए ।
उनले भोलि हुन गइरहेको चुनाव गत भदौ २३ र २४ को घटनाले सिर्जना गरेको चुनाव भएको बताए । उनले भनेका छन्, ‘हरेक संवेदनशील नेपाली भोटरको अगाडि एउटा ठूलै चुनौती रहनेछ । किनकी आजको भूराजनीतिक अवस्थामा भोलिका दिनमा नेपालमा राजनीतिक स्थिरता, ऐक्यबद्धता आएन भने नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि आँच आउन सक्छ । त्यसैले भोटरहरुले असाध्यै संवेदनशीलताका साथ सुझबुझ पुर्याएर मतदान गर्नुहोला ।’
