मध्यपूर्वको युद्धका कारण त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ ।

मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरिने भनिएको प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत ६ गतेसम्म हुने तालिका थियो ।

उक्त सिरिजमा नेपालसहित युएई र ओमान समावेश छन् । प्रतियोगिताको स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि शीघ्र सार्वजनिक गरिने क्यानका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । परिस्थितिको मूल्याङ्कन गर्दै खेल तालिका पुनःनिर्धारण गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *