सुन तोलाको ३ लाख १७ हजार ६ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बुधबार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलाको ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार सुन तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २७५ रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५४० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *