धनगढीमा दुई समूहबीच झडप, केही प्रहरी घाइते, १२ जना पक्राउ,

 

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा मंगलबार साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको र प्रहरी सहायक निरीक्षक डबल साउद घाइते भएका उनले बताए । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पुर्याएका छन् ।

दुई टोलका युवाबीच पुरानो रिसइवीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ । झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *